हेम्जाका कुँवर दम्पतीको अन्त्येष्टी , दुई जनाको शव पहिचान हुन बाँकी

पाेखरा | माघ ८, २०७९

हेम्जाका कुँवर दम्पतीको अन्त्येष्टी , दुई जनाको शव पहिचान हुन बाँकी

पोखरा:   यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका हेमजाका ४ जनाको शव मध्ये दुईजनाको अत्येष्टी गरिएको छ । भगवती कुँवर, जितेन्द्रबहादुर कुँवर दम्पत्तीको शव पोस्टपार्टमपछि हेमजा मर्दी दोबिल्ला घाटमा आज (आइतबार) अन्त्येष्टी  गरिएको हो । 


कुँवर दम्पतीको अन्त्येष्टी  गरिएपनि अनिशा बाँनिया र राजन सापकोटा शवको पहिचान हुन बाँकी छ । 

 

गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलान्इसको विमान पोखराको सेती खोँचमा दुर्घटना हुँदा विमानमा सवार हेम्जामा ४ जनाको मृत्यु भएको थियो । 


यतीको कलसाइन नाइन एन–एएनसी विमान पोखराको सेती खोंचमा दुर्घटनामा हुँदा विमानमा चालकदलका ४ जना र ६८ यात्रुको ज्यान गएको थियो ।

काठमाडौं: नेपाल आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोटको आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ। १ सय २३ रनको लक्ष्य थाइल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। थाइल्याण्डका लागि...

थप पढ्नुहोस्

काठमाडौं: विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाव आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य रु। दु...

थप पढ्नुहोस्

काठमाडौं: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेको हो । नेता प...

थप पढ्नुहोस्